राजनीति

मोदी सरकारले दक्षिण एसियामै कम्युनिष्ट आन्दोलनलाई सिध्याउन खोजेः जोगीन्दर शर्मा

भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगीन्दर शर्माले मोदी सरकारले दक्षिण एसियामै कम्युनिष्ट आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन्।

नेकपा एमालेको दशौ महाधिवेशनको बन्द सत्रमा भारतको नरेन्द्र मोदी सरकारको विरोध गर्दे उनले दक्षिण एसियामा कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागिपरेको बताएका हुन्। त्यसक्रममा नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापाना गराउन मोदी सरकार लागेको समेत आरोप लगाए।

शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको र नेपालमा पनि त्यही प्रकारको गतिविधि गरिरहेको बताएका हुन्। ‘नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन भारतको मोदी सरकार लागिरहेको छ’, शर्माले भने, ‘फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ।’

बन्द सत्रलाई बंगलादेश कम्युनिष्ट पार्टीका नेता अब्दुल्ला अल काफीले पनि सम्बोधन गरेका छन्। उनले एमालेको दशौ महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपालमा कम्युनिष्ट पार्टी एक जुट भए अझै पनि बलियो शक्ति बन्ने बताए।

प्रकाशित: ११ मंसिर २०७८ ११:४० शनिबार

भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टी नेता जोगीन्दर शर्मा