राजनीति

एमाले महाधिवेशनः पदाधिकारी थपेर सहमतिको प्रयास

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ। गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९,स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन्। ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष  एकएक, उपाध्यक्ष  छ, महासचिव एक उपमहासचिव तीन र सचिव सात हुनेछन्। यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ।

बन्दसत्रकाे सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबाट शुभकामना लिइने जनाइको छ। आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०४:४६ शनिबार

एमाले महाधिवेशन एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पदाधिकारी थपेर सहमतिको प्रयास