राजनीति

दलितको लागि आन्दोलन गर्छौँ : प्रभु साह

गरिब तथा दलितहरु तीन तहको सरकारबाट अपहेलित भएको भन्दै पूर्व मन्त्री प्रभु साहले आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

दलित आवास निर्माण संघर्ष समिति रौतहटले देवाही गोनाहीमा आयोजना गरकेो कार्यक्रममा नेता साहले गत चार वर्षदेखि दलितहरुको आवासको लागि प्रदेशमा ठूलो परिमाणमा रकम आइरहेको भए पनि दलितहरुको बिचल्ली भएको नेता प्रभु साहले बताएका छन्।  

गरिब दलितहरुको आफ्नो पुरानो घर उजाडिएको तर नयाँ घर नबनेको अवस्थामा दलितहरुको विचल्ली भएको बताउँदै पूर्वमन्त्री समेत रहेका साहले दलित आवास कार्यालयले तत्काल निर्माणको काम अगाडि नबढाए ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

पहिलो चरणको आन्दोलन अन्तर्गत असोज १२ मा दलित आवास कार्यालय घेराउ गर्ने तथा असोज १५ मा पालिका कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गर्दै नेता साहले दशैँपछि दोस्रो चरणको ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

दलितहरुको समस्या तत्काल समाधान नगरे दलितहरु बलिदान दिन तयार रहेको कार्यक्रमका दलित वक्ताहरुले बताएका छन्।

प्रकाशित: ७ आश्विन २०७८ १३:४१ बिहीबार