काठमाडौं– सरकारले आइतबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रममाथि १३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ।
एकीकृत नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल, मधेस समता पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस पार्टीलगायत दलका १३ सभासदले संशोधन प्रस्ताव पेस गरेका हुन्।
नीति तथा कार्यक्रममा मंगलबारदेखि छलफल हुँदैछ। दलीय आधारमा सभासदहरुले नीति तथा कार्यक्रममाथि धारणा राख्नेछन्। बुधबार बेलुका सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
प्रकाशित: १६ असार २०७१ ०९:५२ सोमबार