राजनीति

ओलीले अस्वीकार गरे सरकारको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन्।

ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्की केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुगेका थिए।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए।

कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने पनि बताए।

प्रकाशित: २१ भाद्र २०७८ १४:२६ सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली