राजनीति

बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो

जिल्लामा ६० दशमलव ५ प्रतिशत मत खसेको छ। 

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ। मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक उपस्थिति रहेको थियो।  

जिल्लामा ६० दशमलव ५ प्रतिशत मत खसेको एसपी सरोज पौडेलले बताए। 'जिल्लाका सबै मतदान केन्द्रमा प्रयाप्त सुरक्षाकर्मी खटाईएकोले कुनै पनि अप्रिय घटना नभएको र निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रयोग गरिएका केही सवारी साधन नियन्त्रणमा लिएका छौं’, एसपी पौडेलले भने, ‘दुवै क्षेत्रका मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलमा पु¥याउने काम भइरहेको छ ।’  

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल, २ अस्थायीसहित २ सय १  मतदान केन्द्र र निर्वाचन क्षेत्र नंम्बर २ मा ७९ मतदान स्थल र १ सय ८८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले तथ्याङ्क छ। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ गरी जम्मा ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को गुलरियास्थित जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को राजापुर भन्सार कार्यालयमा मतगणना हुनेछ ।

प्रकाशित: २१ फाल्गुन २०८२ १९:४२ बिहीबार