राजनीति

प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्काउन र तर्साउन बन्द गर्न चेतावनी दिएका छन्। विपक्षी ५ दलले नागरिक समाजसँग गरेको छलफलका क्रममा  सभापति देउवाले प्रधानमन्त्री ओलीले धम्काइरहेको बताउँदै धम्क्याउँदै तर्साउन बन्द गर्न चेतावनी दिएका हुन्। 

उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’

सभापति देउवाले प्रधानमन्त्रधी ओलीले न्यायाधीशलाई समेत धम्की दिइरहेको आरोप लगाए।

प्रकाशित: १६ असार २०७८ १३:०९ बुधबार

कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली