राजनीति

भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन बन्द गरः नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का वरिष्ठ नेता माधव नेपालले कोरोनाको बढ्दो रोकथामका लागि १३ बुँदे अपील गरेका छन्।

नेता नेपालले कोरोना भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको जनाउँदै कोरोनाको भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन नहुने समेत बताएको छ।

‘भ्याक्सिनजस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्नुपर्छ।’ अपीलमा उनले भनेका छन्।

उनले बिरामीको उपचारका लागि आवश्यक अक्सिजन सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै, उनले अस्पतालको शय्याबारे जानकारी लिनका लागि एकीकृत सूचना प्रणालीको विकास गर्न पनि माग गरेका छन्।  

उनले समसामयिक विषयमा १३ बुँदे अपील गरेका छन्।

प्रकाशित: २६ वैशाख २०७८ ११:४४ आइतबार

माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी(एमाले)