प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको दुईदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी-व्यवसायी सहभागी हुने भएका छन्। उनीहरू छुट्टै टोली बनाएर नयाँदिल्ली जानेछन् र भ्रमणको खर्च आफैँ बेहोर्नेछन्।
व्यवसायीको सूचीमा नितेश मालपानीको नाम पनि छ। प्रधानमन्त्री शाह चुनावी अभियानका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडीका कारण यसअघि चर्चामा आएका थिए। उक्त गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता थियो।
कम्पनीका लगानीकर्ता कमल मालपानीले आफ्नो कम्पनीले शाहलाई गाडी उपलब्ध गराएको स्वीकार गरेका थिए। अहिले मालपानी पनि भारत भ्रमणको निजी क्षेत्रको टोलीमा समेटिएपछि यसले थप चासो बढाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भ्रमणमा सरकारीतर्फबाट ३४ सदस्य सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने र सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल-भारत निजी क्षेत्रका प्रतिनिधिबीच व्यावसायिक सम्मेलनसमेत हुनेछ। सम्मेलनमा लगानीका अवसर, व्यापार विस्तार र आर्थिक सहकार्यबारे छलफल गरिनेछ।
भ्रमणमा सहभागी हुने ५२ उद्योगी-व्यवसायीको नामावली:
१. अञ्जन श्रेष्ठ
२. भवानी राणा
३. कृष्णप्रसाद शर्मा
४. डा. गोपालप्रसाद तिवारी
५. सुनिता न्हेमाफुकी
६. बटु लामिछाने
७. उज्ज्वल श्रेष्ठ
८. सागर ढकाल
९. निरज काफ्ले
१०. शिवकुमार अग्रवाल
११. वीरेन्द्रराज पाण्डे
१२. राजेशकुमार अग्रवाल
१३. निर्वाण चौधरी
१४. राजबहादुर शाह
१५. कमलेशकुमार अग्रवाल
१६. दीपककुमार मल्होत्रा
१७. खिमनारायण पराजुली
१८. कुनाल कायल
१९. सुनिल केसी
२०. करण चौधरी
२१. मोहनकुमार डाँगी
२२. गणेश कार्की
२३. पुष्कर पौडेल
२४. विभूषण विष्ट
२५. पशुपतिदेव पाण्डे
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ
२८. गोविन्दप्रसाद घिमिरे
२९. सरोज श्रेष्ठ
३०. रवीन्द्र शाक्य
३१. सुरेन्द्रकुमार उप्रेती
३२. विनायक शाह
३३. सागर पाण्डे
३४. भरतजंग पाण्डे
३५. दर्शना श्रेष्ठ
३६. डिकिला शेर्पा लामा
३७. बलराम गुरुङ
३८. सचिन ढकाल
३९. नितेश मालपानी
४०. कल्याण गुरुङ
४१. टुकप्रसाद पौडेल
४२. जीवानाथ लामिछाने
४३. दिरेकलाल श्रेष्ठ
४४. अनुप आचार्य
४५. नरेश दास
४६. यमुना श्रेष्ठ
४७. विष्णुकुमार अग्रवाल
४८. दिलीप अग्रवाल
४९. सञ्जय काफ्ले
५०. दीपक थापा
५१. निकोलस पाण्डे
५२. राजनकुमार बन
प्रकाशित: ४ मंसिर २०८३ १७:४७ शुक्रबार