राजनीति

रामकुमारी झाँक्रीको ओलीलाई चेतावनी : सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्यनासबाट जोगिनु छ भने किनारा खोज्न चेतावनी दिएकी छन् । 

अध्यक्ष शर्मा ओलीकै कारण पार्टी भताभुंग भएको अर्थ दिने ट्वीट गर्दै नेतृ झाँक्रीले ‘‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ,’ भन्दै चेतावनी दिएकी हुन्।

ट्वीटरमा केही समयअघि उनले पार्टी अध्यक्ष ओलीलाई अझ समय बाँकी रहेकाले विचार गर्न सुझाव दिँदै दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छन्।

उनले ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड,’ भनेकी छन्।

उनको ट्वीटलाई राजनीतिक वृत्तमा निक्कै चासोका साथ लिइएको छ। प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय विषयमा गर्दा माधव नेपाल समूहबाट सामूहिक राजीनामाको विषय उठिरहँदा झाँक्रीको उक्त अभिव्यक्ति अर्थपूर्ण रहेको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०९:३० बुधबार