पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ केजीको मालाले सम्मान गरिएको छ ।
मधेस प्रदेशका केही जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा भण्डारीलाई सिमरा विमानस्थलमा ५१ केजीको मालाले स्वागत गरिएको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टकराव चलिरहेको बेलामा एमालेको सक्रिय राजनीतिमा होमिएको पूर्वराष्ट्रपतिलाई समर्थकले ५१ केजीको माला लगाएर स्वागत गरेका थिए ।
भण्डारी बारा र पर्सामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छिन् ।
प्रकाशित: १४ भाद्र २०८२ १५:५२ शनिबार