राजनीति

किसानका लागि मेरो कित्ता कार्यक्रम आजैदेखि शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताएका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, 'नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ।' 

उनले हुम्लाको सिमीकोटमा पनि अब सडक पुर्‍याउने, विश्वविद्यालय, अस्पलात, शिक्षालय व्यापक निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालका लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानून निमार्ण गर्ने विषयका काम तीव्रताका साथ अघि बढेको बताए।

प्रकाशित: १ वैशाख २०७८ ०६:४८ बुधबार

मेरो कित्ता कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्ष