राजनीति

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ५० जनाले नाम फिर्ता मागे

आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आयोगमा नाम फिर्ताका लागि निवेदन दिएका छन्।

नेकपा एमालेका ३ जना उम्मेदवारले पनि नाम फिर्ता मागेका हुन्। एमालेबाट खसआर्यतर्फ ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिह, र आदिवासी जनजातीतर्फ विजयसिह लामाले निवेदन दिएका छन्।

यस्तै, राष्ट्रिय जनता पार्टी (राप्रपा)बाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्यतर्फ प्रेम प्रसाद आचार्यले पनि नाम फिर्ता मागेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २८ पुस २०८२ १५:१५ सोमबार