काठमाडौं- राष्ट्रपति रामवरण यादवले चिकित्सकहरूलाई पैसाको पछि नलाग्न आग्रह गरेका छन्। मनमोहन कार्डियोथोरासिस सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित 'म पनि डाक्टर' पुस्तक लोकार्पण समारोहमा बोल्दै राष्ट्रपति यादवले चिकित्सक पैसाको पछाडि दौडन थालेकोमा चिन्ता व्यक्त गरे। 'चिकित्सकहरूले महँगा उपकरणबाट अनावश्यक परीक्षणभन्दा पनि क्लिनिकल एग्जामिनमा बढी ध्यान दिनुपर्छ,' उनले भने।उनले बिरामीको विश्वास जित्न सके पैसाले डाक्टर पछ्याउने बताए। पहिले र अहिले रोगको प्रकार र प्रवृत्ति फरक रहेको उनको भनाइ थियो। चिकित्सा क्षेत्रमा अहिले भएको सुधारप्रति भने उनले सन्तोष प्रकट गरे।
प्रकाशित: १२ आश्विन २०७० १०:०३ शनिबार