राजनीति

कालीकोटमा ४९ प्रतिशत मत खस्यो

कालीकोट जिल्लाभर बेलुकी ४ बजेसम्म ४१ हजार ३ सय २९ मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख विश्व मंगल शर्माका अनुसार जिल्लाभर २१ हजार ४ सय ७९ पुरुष र १९ हजार ८ सय ४० महिलाले मतदान गरेका छन्।

कुल ८४ हजार ६ सय ४६ मतदाता रहेको कालीकोटमा धेरेजसो मतदाता जिल्ला बाहिर रहेकोले विगतको तुलनामा कम मत खस्ने अनुमान छ।

जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रजिअ गोकर्ण राज सुयलले बताए। एक मात्र निर्वाचन क्षेत्र रहेको कालिकोटमा एक अस्थायी सहित १ सय ४ मतदानस्थल र १ सय २८ मतदान केन्द्र छन्।

अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ। कारागरका ४४ जना कैदीले मतदान गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:२२ बिहीबार