राजनीति

निर्वाचन आयोगमा थप २७ दल दर्ता

काठमाडौं–निर्वाचन आयोगले आवेदन दिएकामध्ये बिहीबार थप २७ दललाई मान्यता दिँदै आगामी संविधान सभा निर्वाचनका लागि चुनाव चिन्‍ह प्रदान गरेको छ। आयोगको कार्यतालिकामा आवेदन दिएकामध्ये प्रक्रिया पुगेका दल दर्ताका लागि एक साता समय तोकिएको छ। अन्तरिम संविधान २०६३ को धारा १४२, निर्वाचन आयोग ऐन २०६३ को दफा २० को उपदफा १ तथा राजनीतिक दल दर्ता नियमावली २०६३ को नियम १३ को उपनियम २ बमोजिम दलहरूलाई अर्को संविधान सभा निर्वाचनका लागि मान्यता प्रदान गर्न दर्ता गरिएको आयोगले जनाएको छ।आयोगले गत संविधान सभामा प्रतिनिधित्व गरेको बाहेकका दललाई दर्ताका लागि १० हजार मतदाताको समर्थन अनिवार्य गरेको थियो। यसरी समर्थन दिएका मतदाताको नम्बर भिडाएर आयोगले प्रमाणीकरण गरेको थियो। 

दल दर्ताका लागि निवेदन दिएका १ सय ३९ दलमध्ये आयोगले बुधबार ५९ दल दर्ता गर्ने निर्णय गरेको थियो। कार्यतालिका अनुसारै दल दर्ताको काम गरेको उनले बताए। 

निर्वाचन आयोग

नेपाल

निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ता गर्ने सम्बन्धमा आयोगवाट भएको निर्णयको 

प्रेस विज्ञप्ति

मितिः २०७०।४।१०

नेपालको अन्तरिम संविधान२०६३ को धारा १४२निर्वाचन आयोग ऐन२०६३ को दफा २० को उपदफा (१) तथा राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली२०६३ को नियम १३ को उपनियम (२) बमोजिम देहायका २७ वटा राजनीतिक दलहरुलाई अर्काे संविधान सभा सदस्य निर्वाचनका लागि मान्यता प्रदान गर्न दल दर्ता गरी देहाय बमोजिमको निर्वाचन चिन्ह प्रदान गर्ने गरी आयोगबाट मिति २०७०।४।१० मा निर्णय भएको छ।



क्र.सं. नि.द.नं. राजनीतिक दलको नाम निर्वाचन चिन्ह

४२ मधेश तराई फोरम बाल्टिन

४५ चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो

५१ थरुहट तराई पार्टी नेपाल  ढक्की

५८ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

६६ संघीय समावेशी समाजवादी पार्टीनेपाल कार

६८ नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी  पहाड

७० पिछडावर्ग निषाद दलित जनजाति पार्टी कछुवा

७२ नेपाल जनसमावेशी एकता पार्टी कुचो

७४ विश्व सत्यवादी पार्टी सर्प

७७ गरिब जनताको क्रान्ति पार्टी मकैको घोगा

८० लिम्बुवान मुक्ति मोर्चा नेपाल  कोट

८१ मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला

८५ नेपाल राष्ट्रिय यातायात विकास दल टेम्पो

८६ देशभक्त पर्यावरणीय समाजिक (देपसा) मोर्चा  तिनपात

९० संयुक्त जनमोर्चा भरिया

९२ नेपालआमा पार्टी  आमाको काखमा बच्चा

९४ नेपाल जनहित पार्टी  माइक

९७ सहकारी पार्टी नेपाल  माहुरी

१०६ जनता दल नेपाल  याक

१०७ नेपाल मधेशी जनता दल (समाजवादी) ढोका

११२ युवा शक्ति नेपाल पार्टी दौडिरहेको युवक

११५ राष्ट्रिय मुक्ति आन्दोलननेपाल पिंजडा

११७ लोक दल लुगा सिउने कल

१२२ संघीय विकासवादी पार्टी नेपाल पुल

१२७ राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी पुतली

१२८ राष्ट्रिय एकता मञ्च औंठी

१३६ राष्ट्रिय एकता पार्टी  गदा



  बीरबहादुर राई 

प्रवक्ता एवं सहसचिव

प्रकाशित: १० श्रावण २०७० ०६:५३ बिहीबार