राजनीति

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै प्रदर्शन गर्ने

क्याप्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ। 

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मागसहित धर्म परिवर्तन, कुशासन र सर्वसत्तावादविरूद्ध प्रशर्दन गर्न लागेको जनाएका छन्।  

आगामी शुक्रबारका लागि तय गरिएको प्रदर्शन काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

प्रदर्शनपछिको कोणसभालाई पार्टीका तिनै जना अध्यक्षले सम्बोधन गर्ने तय भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: १५ पुस २०७७ ०७:५९ बुधबार

राजसंस्था राप्रपा हिन्दु राष्ट्र