प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ। कञ्चनपुर जिल्लामा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ।
कञ्चनपुर जिल्लामा कुल ३ लाख १४ हजार ३८५ मतदाता रहेकामा १ लाख ३१ हजार ५७७ मत खसेको हो। कञ्चनपुरमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १ हजार ७२४ मतदाता रहेकामा हालसम्म ४२ हजार ९१२ मत खसेको छ। यस क्षेत्रमा २२ हजार ५२७ महिला र २० हजार ३८५ पुरुषले मतदान गरेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५७४ मतदाता रहेकामा ४७ हजार ४५ मत खसेको छ। यहाँ २४ हजार ९४५ महिला र २२ हजार १०० पुरुषले मतदान गरेका छन्।
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ३ हजार ८७ मतदाता रहेकामा ४१ हजार ६२० मत खसेको छ। यस क्षेत्रमा २२ हजार ३२१ महिला र १९ हजार २९९ पुरुषले मतदान गरेको आयोगले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:२९ बिहीबार