राजनीति

रौतहटमा ३८ प्रतिशत मत खस्यो

रौतहटमा अहिलेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा भइरहेको शान्तिपूर्ण निर्वाचनमा १ लाख ६५ हजार मतदाताले मतदान गरिसकेका निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए।  

अहिले दिउँसो १२ बजेर ३० बजेसम्ममा जिल्लाका ४ वटै क्षेत्रमा गरी ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता छन्। जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थल कायम गरिएका छन्। 

२७७ मतदान स्थल मध्ये १५२ अतिसंवेदनशीलको सूची छन्। जिल्लाभरमा निकै उत्साह र शान्तिपूर्ण ढंगले मतदान जारी रहेको निर्वाचन प्रमुख दासले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:४६ बिहीबार