राजनीति

सुदूरपश्चिममा तीन लाख ३८ हजार बढी मत खस्यो

सुदूरपश्चिम प्रदेशभर दिउँसो १२ बजेसम्म ३ लाख ३८ हजार ४३२ मत खसेको छ। 

जसमध्ये महिला १ लाख ६८ हजार ७५४, पुरुष १ लाख ६९ हजार ६७७ र एक जना अन्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता छन। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:१० बिहीबार