नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। शुक्रबार च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
असोज ५–८ गते बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई मनोनीत गरेको थियो।
आज केन्द्रीय सदस्यको शपथ लिनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला र शान्तिलाल महत रहेका छन्।
यस्तै, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विस्टले पनि शपथ लिएका छन्।
प्रकाशित: १६ आश्विन २०८३ १६:०९ शुक्रबार