क्रान्तिकारी पत्रकार सङ्घ धनुषाले जनकपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिका लागि हामी अन्य दलसँग छलफल गर्न तयार छौँ भन्दै सरकार छाड्नुभन्दा ठूलो आफूहरुका लागि शान्ति र संविधान भएको बताए।
एक प्रश्नको उत्तरमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिले सरकारसँग कुनै छलफल नै नगरी अध्यादेश फिर्ता पठाएकामा असन्तुष्टि व्यक्त गर्दै भने- "अध्यादेशलाई लिएर राष्ट्रपतिले विज्ञप्ति जारी गर्नु उपयुक्त थिएन।" एक अर्को प्रश्नको उत्तरमा उपप्रधानमन्त्री श्रेष्ठले संविधानसभाको विघटनपछि सरकार र राष्ट्रपति दुईवटा मात्र संस्था रहेको र उनीहरुबीच टकरावको स्थिति नआओस् भन्नेतर्फ हामी सजग हुनुपर्छ भन्ने धारणा राखे।
उनले जनकपुरलाई देशको सांस्कृतिकनगरी बनाउनेतर्फ सरकारले ध्यान दिने बताए। रासस
प्रकाशित: ५ भाद्र २०६९ ०२:५० मंगलबार