राजनीति

म्याग्दीमा ३०.८६ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा दिउँसो १२:५० बजेसम्म ३०.८६ प्रतिशत मतदान भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म कुल २६ हजार ६४२ मत खसेको छ। जसमध्ये पुरुष मतदाताको संख्या १२ हजार ९४९ रहेको छ भने महिला मतदाताको संख्या १३ हजार ७२१ रहेको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १३:१४ बिहीबार