प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको संख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म आचारसंहिता उल्लंघनका कुल २५४ वटा उजुरी आयोगमा दर्ता भएका छन्। तीमध्ये ८० जनासँग स्पष्टीकरण माग गरिएको छ भने ५२ जनाबाट स्पष्टीकरण र जवाफ प्राप्त भएको आयोगले जनाएको छ।
यसैगरी ५ जनासँग पुनः स्पष्टीकरण माग गरिएकोमा ५ जनाबाट पुनः जवाफ प्राप्त भएको छ। एउटा ताकेता लेखिएको र सोको जवाफ पनि प्राप्त भएको आयोगले स्पष्ट पारेको छ।
उजुरीको विवरणअनुसार ३ वटा राजनीतिक दल, २९ जना उम्मेदवार, २१ वटा सरकारी संस्था तथा कर्मचारी, ७ वटा शैक्षिक संस्था तथा कर्मचारी, १८ अन्य संघ–संस्थान र २ अन्य व्यक्ति आचारसंहिता उल्लंघनका विषयमा तानिएका छन्।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको जनाएको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ १८:०१ बुधबार