कार्यव्यवस्था परामर्श समिति बैठकले प्रधानमन्त्री उम्मेदवारको प्रस्ताव दर्ता भोलि हुनेछ। संविधानसभाको आयु भदौ १४ गते सकिने हुनाले पहिलो पटकको चुनावमा परिणाम नआए त्यसअघि नै तीनपटक चुनाव गर्न भ्याउनेगरी कार्यक्रम तय गरिएको हो। प्रधानमन्त्रीको प्रस्ताव दर्ता र फिर्ता गर्ने समय शुक्रबारका लागि तोकिए पनि १० गते शनिबार परेकाले चुनाव भने ११ गते आइतबारमात्रै राखिएको हो।
संसदको कार्यसञ्चालन नियमावलीको पछिल्लो संशोधनअनुसार प्रधानमन्त्री चुनाव हुने संसद बैठकमा सभामुखको अनुमति नलिई कोही अनुपस्थित हुन नपाउने र संसदमा उपस्थित भएर मत नदिई तटस्थ बस्न पनि नपाउने व्यवस्था गरिएकाले पहिलो चुनावबाटै परिणाम निस्कने आशा गरिएको छ।
प्रकाशित: ७ भाद्र २०६८ २३:३७ बुधबार