राजनीति

चियापानले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउँछः देउवा

फाइल फोटाे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

सत्तारुढ नेकपाले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मी माझ संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि बताएका हुन्।

उनले विपी कोइरालाले दसैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपालगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरे। सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए।

प्रकाशित: २९ आश्विन २०७६ ११:५७ बुधबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा नेकपा चियापान