नेपाली कांग्रेस धनकुटाका १९ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
पार्टीमा काम गर्ने वातावरण नभएको भन्दै महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना नेताले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन्।
सभापति गगन थापालाई पत्र लेख्दै कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारीसहित १५ क्रियाशिल सदस्यले पार्टी भित्र वैचारिक मतभेद रहेको भन्दै हस्ताक्षर गरेका छन्।
प्रकाशित: २१ असार २०८३ १२:५३ आइतबार