राजनीति

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

फाइल तस्बिर

काठमाडाैँ - राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ।  गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बावजुद प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सरकारले पूर्णता दिन उक्त विधेयक राष्ट्रसभामा प्रस्तुत गर्न लागेको हो।

नेपाली कांग्रेसले विधेयकका केही बुँदामा असहमति जनाउँदै त्यसअघि संसद अवरुद्ध गर्दै आएको थियो। राष्ट्रिय सभामा पनि सत्तारुढ दलको बहुमत रहेकाले विधेयक पारित हुनेमा सरकारपक्ष विश्वस्त छ।

प्रकाशित: १४ माघ २०७५ ०३:५६ सोमबार

राष्ट्रिय_सभा प्रतिनिधि_सभा राष्ट्रिय_चिकित्सा_शिक्षा_विधेयक संघीय_संसद