राजनीति

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

काठमाडाैँकाे पशुपति क्याम्पस अगाडी नेविसंघका कार्यकर्ताहरु जम्मा भएर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका गरेका हुन्। प्रधानमन्त्री ओली आफैंले गरेको सम्झौताविपरीत कम्युनिष्ट सरकारले डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरी विधेयक पारित गरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लले बताए।

त्यस्तै छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो।

तस्बिर : दिनेश गोले/नागरिक

प्रमुख_प्रतिपक्षी_दल नेपाली_कांग्रेस नेपाल_विद्यार्थी_संघ कम्युनिष्ट_सरकार केपी_शर्मा_ओली पुत्ला_दहन