राजनीति

विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी

थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल सुनुवाइका क्रममा । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी छ। समितिको बैठक सिंहदरवारमा बसिरहेको छ। बैठकमा फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ भइरहेको छ। दुबै राजदूतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। 

मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो। 

प्रस्तावित राजदूतविरुद्ध सुनवाइ समितिले १० दिनको म्याद दिएर पुस १८ गते उजुरी आह्वान गरे पनि कुनै उजुरी आएको छैन्। उजुरी नआए पनि सांसदले प्रश्न गरिरहेका छन्। 

प्रकाशित: ३ माघ २०७५ ०७:१० बिहीबार

प्रस्तावित_राजदूत मन्त्रिपरिषद संसदीय_सुनुवाइ_विशेष_समिति