राजनीति

मोरङमा १६ प्रतिशत मत खस्यो

मोरङमा १६.१७ प्रतिशत मत खसेको छ। बिहीबार साढे ११ बजेसम्म १६.१७ प्रतिशत मत खसेको हो।  

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार पछिल्लो विवरण अनुसार १ लाख २६ हजार ५ सय ९५ मत खसेको हो।  

मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन्। जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:२५ बिहीबार