सप्तरीमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
सप्तरीको क्षेत्र नं.१ स्थित हनुमाननगर कंकालिनीका एउटा मतदान केन्द्रबाहेक सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो। यो मतदान केन्द्रमा बिहान ८ बजे बाट मतदान सुरू भएको थियो।
सप्तरीमा २ लाख १३ हजार २८३ महिला, २ लाख ३३ हजार ९६ र २३ अन्य गरी यहाँ कूल ४ लाख ४६ हजार ४०२ जना मतदाता छन्।
चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २९६ मतदानस्थलमा ५६२ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:४५ बिहीबार