राजनीति

हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !

२०८१ मंसिर १६ गते स्थानीय उपनिर्वाचन भयो, कीर्तिपुर नगरपालिका पनि त्यसैमा समेटियो। कीर्तिपुरमा २० जना उम्मेदवार थिए त्यसबेला। जसमा ९ जना राजनीतिक दलका थिए भने ११ जना स्वतन्त्र थिए।

त्यसमा पनि चर्चामा आएका थिए- राजमान मानव। वर्षौँदेखि कीर्तिपुरसहित विभिन्न सहर सफा गर्दै आएका अभियन्ता मानवले जित्न त सकेनन् तर, चर्चा भने राम्रै पाए। उनको चुनावी अभियानका क्रममा धरान उपमहानगरपालिकामा स्वतन्त्र रूपमा जितेका हर्क साम्पाङसमेत सहभागी थिए।

चुनावमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी बने तर, मानवले पनि सम्मानजनक मत ल्याए। डंगोलको चुनावी सभामा सरिक भएका कांग्रेस महामन्त्री गगन थापाले त्यसबेला 'ल्यापटप लिएर कीर्तिपुरको डाँडामा बसेर महिनाको ४/५ लाख कमाउन सकिन्छ' भन्ने अभिव्यक्ति दिएका थिए। त्यसका प्रति पछिसम्म विश्लेषण र आलोचना भइरह्यो।

सोही कुरा उधिन्दै चुनावको ७ महिनापछि हर्क साम्पाङले कीर्तिपुरको हल्लीचल्ली सोधेका छन्। उनी भन्छन्, 'पैसाको अभाव भए ल्यापटप लिएर कीर्तिपुरको डाँडातिर जाऊ! त्यो एजेन्डाले जितेको कीर्तिपूरतिरको के छ हल्लीचल्ली ?,' 

उनले मानवनलाई आफ्नो मेलो (सफाइ अभियान) नछाड्नसमेत भनेका छन्। 'राजमानजी आफ्नो मेलो नछोड्नु है। जय मान्छे!,' उनले भनेका छन्।

प्रकाशित: २४ असार २०८२ १९:३६ मंगलबार

#harkasampang #rajmanmanav #Kirtipur #Nagariknews