राजनीति

असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति छ : बाँस्कोटा

 सत्तासीन दल नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने नियति रहेको बताएका छन्। 

सोमबार (आज) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले भने, 'कृषिमन्त्रीज्यूले भन्नुहोला, रन्किनुहोला, म यहीँ छु भनेर। तर, नेपालमा एउटा अभिशप्त नियति दोहोरिन्छ, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ।'

उनले भूकम्पमा जस्तो १० केजी मल बाँडेर केही नहुने बताए। 'भूकम्पमा राहत बाँडेजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन र उत्पादकत्व कसरी हुन्छ ?,' उनले सोधे। 

प्रकाशित: २३ असार २०८२ १४:३६ सोमबार

#gokul baskota #Nagariknews