राजनीति

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँदैन: रास्वपा

निजामती विधेयकको कुलिङ पिरियडमा छानबिन समितिको नेतृत्व कांग्रेसले गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।

उनले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औला उठेको थियो त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा चलेको थियो। तर आज त्यो बिर्सँदै हुनुहुन्छ। जुन व्यक्तिको नाम जोडिएको छ त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर तपाईँहरूले भन्नुभएको थियो त्यो पनि बिर्सिनुभयो ।’

प्रकाशित: २३ असार २०८२ १४:३१ सोमबार

#NagarikNews #RSP-Rastriya Swatantra Party #manishjha