राजनीति

विधेयक हेरफेर कमजोरी होइन, अपराध होः नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यव्यवस्था समितिले पारित गरेको सङ्घीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेर फेर गरेर पेस गर्ने कार्यलाई अपराधको संज्ञा दिएका छन् । उनले यो दुष्कार्यको जिम्मेवार जो सुकै भए पनि कडा कारबाही गर्नु पर्ने बताएका छन् ।  

‘हद भयो । सीमा पार ग¥यो ।लोकतन्त्र र  जनप्रनिधिसंस्था सांसदको यो भन्दा अवमूल्यन ,अपमान र उपहास अरू के हुन्छ ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ राज्यव्यवस्था समितिले पारित गरेको सङ्घीय निजामती विधेयक लाई प्रतिनिधिसभामा हेर फेर गरेर पेस गर्ने दुष्कार्र्यको जिम्मेवारहरू माथि जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्दछ ।’  

उनले लामो समयसम्म बहस गरेर समितिले पारित गरेकाले हेरफेर  गर्ने  कार्य अपराध भएको  उनले थपे । ‘त्यसमाथि लामो समय सम्म राष्ट्रिय रूपमै बहस भई समितिले पारित गरेको ‘कुलिङ पिरियड’ को विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रूपमा लिनै मिल्दैन ।,’उनले लेखेका छन्, ‘यो कमजोरी होइन ,अपराध हो ।’

प्रकाशित: १७ असार २०८२ १३:४७ मंगलबार

#NagarikNews # Nijamati ain masauda #NepaliNews