राजनीति

जीबी राई पक्राउ गर्न सरकारलाई शाहीको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सरकारलाई जीबी राई पक्राउ गर्न चुनौती दिएका छन्।

उनले तीनजना गृहमन्त्री फेरिँदा पनि सहकारी पीडितहरूले न्याय नपाएको बताएका छन्। 'तिमीहरूले देश पछि चलाउला, पहिले जीबी राई पक्रेर देखाऊ,' शाहीको चुनौती छ।

उनले अगाडि भनेका छन्, 'तीनवटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, सागका मुठा बेचेर जम्मा गरेको गरिबको पैसा खाने जीबी राई पक्राउ गर्न सकेनन्। अझै उनीहरूका ठूला गफ गर्छन्, देश चलाउँछौँ रे? जनताले पत्याइदिनु पर्ने रे ?'

सहकारी ठगीमा मुछिएका राई अहिले फरार छन्। 

प्रकाशित: १६ असार २०८२ २१:१० सोमबार

#Gyan Bahadur Shahi #NagarikNews