राजनीति

नयाँ पुस्तामा खेतीप्रतिको रुचि बढाउन आवश्यक: महासचिव पोखरेल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यले ध्यान दिनसकेको खण्डमा धान उत्पादन बढाइ मुलुकलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखेका छन्।

आइतबार अखिल नेपाल किसान महासङ्घले भक्तपुरको ताथलीमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ मा उनले नेपाल धानमा आत्मनिर्भर बन्न सक्ने सम्भावना प्रशस्त रहेकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले गत साल नेपालको धानको उत्पादनमा नयाँ कीर्तिमान नै कायम गरेको उल्लेख गरे। किसानलाई समाजले सम्मानित नागरिकको रूपमा पहिचान दिनु आवश्यक रहेको अल्याउँदै उनले कृषि पेसामा पढेलेखेका नयाँ पुस्ताको प्रवेश गराउँदै नयाँ पुस्तामा खेतीप्रतिको रुचि बढाउन आवश्यक रहेको बताए।

किसानले उत्पादनको गरेको कृषि उपजको सही मूल्य र बजारको सुनिश्चितता राज्यले गर्नु पर्ने बताउदै उनले कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्न राज्य लाग्नु पर्ने बताए।

प्रकाशित: १६ असार २०८२ ०७:०८ सोमबार

#NepaliNews #NagarikNews