पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत शनिबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर भट्टराईले अभियानमा हस्ताक्षर गरेका हुन्।
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।
यो पनि पढ्नुहोस्
रविको पक्षमा हस्ताक्षर गरेपछि बाबुरामले भने- ‘नयाँ शक्तिहरूको भ्रूण हत्या गर्न खोजियो’प्रकाशित: १४ असार २०८२ १५:३३ शनिबार