राजनीति

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्ने बताएका छन्।

कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी ९कोइका०द्वारा आज यहाँ आयोजित  ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उनले हाम्रो श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको छ जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिएका छौँ भनेका हुन्।

“गन्तव्य मुलुकको आर्थिक विकासमा हाम्रा श्रमिक सहभागी छन्, उनीहरुको श्रमलाई सम्मान गर्नुपर्छ, वैदेशिक रोजगारमा १६ वर्षमा हाम्रा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । श्रम गर्न गएको हो, ज्यान गुमाउन हैन, वैदेशिक रोजगारमा जानेहरूको उपयुक्त तरिकाले स्वास्थ्य परिक्षण हुन सकेको छैन, यसलाई पनि ध्यान दिनुपर्छ”, उनले भने। 

उनले कोरियाको १९६० को अनुभवलाई अङ्गीकार गरेर अगाडि बढ्नुपर्छ भनेर जेनेभाको बैठकमा पनि भनेको छु भन्दै कोरियाली अनुभव सिकेर अनुकरणीय कार्य गर्नु छ भनेका छन्।

उनले श्रमसम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए।

“सूचनाको अभावले धेरै मानिस प्रभावित भएका छन्, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रमसंसार सञ्चालनमा ल्याएका छौँ, श्रमसम्बन्धी सम्पूर्ण कुराहरु राखेका छौँ, मानिसको औँलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगारभन्दा बढी नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्छौँ, हाम्रो मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार बोर्डलगायत संरचना छ, अहिले मन्त्रालयमा हामीले अहिले आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ”,  उनले भने।

उनले नेपालीले कोरियालाई आकर्षक गन्तव्यका रुपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे।

‘हामी एप’ नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण हो र यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत पु¥याउँछ । सरकार सुरक्षित आप्रवासन र सफल पुनःएकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ”, उनले भने।  

प्रकाशित: १२ असार २०८२ १३:४६ बिहीबार

#NagarikNews