राजनीति

नागरिकता विधेयक असार १४ मा पारित हुन्छ: गृहमन्त्री

क्याप्शन

गृहमन्त्री रमेश लेखकले बहुप्रतीक्षित नागरिकता विधेयक असार १४ गते प्रतिनिधिसभाबाट पारित हुने घोषणा गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यो विधेयकलाई तत्काल टुंगो लगाउनुपर्नेमा जोड दिए।

‘हामीले यो विधेयक छिटो पारित गर्नुपर्छ, यो अड्काएर राख्नुहुँदैन,’ लेखकले भने, ‘असार १४ गते प्रतिनिधिसभामा पेस हुने जानकारी छ, त्यही दिन पारित गर्छौं।’

उनले सरकार सबै पक्षसँग छलफल गर्न तयार रहेको बताउँदै समितिलाई छोटो समयमै विधेयक टुंग्याएकोमा धन्यवाद दिए।

गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन विधेयक पनि असारभित्रै समितिबाट पारित गरी सदनमा पेस गर्ने वातावरण बनाउन आग्रह गरे। उनले प्रहरी विधेयक सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे। समितिमा बुधबारबाट उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ।

प्रकाशित: ११ असार २०८२ १५:१८ बुधबार