राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको सङ्केत

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको छ। गत असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ।

'केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल सङ्घीय संसदीय दललाई निर्देश गर्दछ,' बैठकपछि प्रवक्ता मनीष सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै जसपा नेपालले विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेकामभ्ये शशी कपुर मियाँ (पर्सा), करिमा बेगम (पर्सा) सुधीरनाथ पाण्डे (पर्सा, कैलाश गुरुङ (रूपन्देही) नीलम यादव (रूपन्देही)लाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

प्रकाशित: ९ असार २०८२ १७:२६ सोमबार

#Upendra Yadav #NagarikNews #Manish Suman