राजनीति

विदेशमा हाम्रो राजदूतावास कुखुराको खोर भन्दा साना छन्: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशमा रहेका नेपाली दूतावास कुखुराको खोर भन्दा सानो भएको बताएकी छिन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन्।

उनले भनिन्,'हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैन। म अस्ति जापान राजदूतावास गएको थिए। म डिप्रेस भएर आए। फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन। कुखुराको खोर भन्दा सानो राजदूतावास।'

प्रकाशित: ९ असार २०८२ १४:१० सोमबार

#NagarikNews #Arju Rana