राजनीति

रोष्ट्रममा रहेका अमरेशलाई सभामुखले भने: डायस छाडेर तल जानू

स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ ।

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

बर्तौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरेका थिए। त्यसपछि सभामुख घिमिरेले नेपालको भूमि अन्य देशलाई दिए हुन्छ भन्ने कुरालाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देशन दिएपछि सिंहले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि घिमिरेले बजेटमाथिको छलफलमा केन्द्रित हुन रुलिङ गरेका थिए।

सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि सिंहलाई सभामुख घिमिरेले  ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका थिए।

घिमिरेले भने,'मान्य सदस्य तपाई निर्धारित विषयमा बोल्नु हुँदैन भने डायस छाडेर तल जानू।'

प्रकाशित: ८ असार २०८२ १२:२२ आइतबार

#NagarikNews