राजनीति

रास्वपालाई योगेशको सुझाव: छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ समीक्षा गर्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जति छिटो बनेको हो, त्यति छिटो नै बिग्रिन लागेको भन्दै टिप्पणी गरेका छन्। शनिवार प्रतिनिधिसभामा बोल्दै सांसद समेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

‘आज रास्वपा तेस्रो वर्षबाट चौथो वर्ष लागेकोमा शुभकामना दिन चाहन्छु,’ भट्टराईले भने, ‘उहाँहरूले अरू पार्टीमाथि प्रश्न उठाइरहनुभएको छ । कांग्रेस बिग्रियो, एमाले बिग्रियो । म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो। बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ ।’ 

स्थापना दिवसका अवसरमा त्यसको समीक्षा गर्न पनि रास्वपालाई उनले सुझाव दिए। उनले भने, ‘त्यो ख्याल गर्नुहोला, स्थापना दिवसका अवसरमा त्यो समीक्षा गर्नुहोला ।’

यस्तै संसद्मा बजेटमाथि भइरहेको छलफलमा रास्वपा सहभागी नभएको विषयमा पनि एमाले सचिव भट्टराईले प्रश्न उठाए। ‘हामी छलफल गर्दैनौँ, भाग लिँदैनौँ विनियोजन विधेयकमा, नीति कार्यक्रममाथिको छलफलमा भने गम्भीर प्रश्न उठ्छ– संसद्प्रति उहाँहरूको विश्वास छ कि छैन ?,’ भट्टराईको प्रश्न गरे। 

प्रकाशित: ७ असार २०८२ १९:३५ शनिबार

#NagarikNews #Yogesh Bhattarai #RSP-Rastriya Swatantra Party