राजनीति

मुकुल ढकाल अझैसम्म महामन्त्री रहेकोबारे रास्वपाले भन्यो: निर्वाचन आयोगले नै जवाफ दिनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले कारबाही गरिसकेको संस्थापक महामन्त्री डा. मुकुल ढकाल अझैसम्म महामन्त्री नै रहेको विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताएको छ।

'पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णयअनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेश भएको छ। सो निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरणअनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो। पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सोसम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अद्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ,' कार्यवाहक प्रवक्ता मनीक्ष झाले भनेका छन्।

यसअघि आयोगले रास्वपाको महामन्त्री पदमा अहिले पनि ढकाल नै रहेको अद्यावधिक सूचना ढकाललाई उपलब्ध गराएको थियो। यसपछि ढकालले पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेलाई सोसम्बन्धी छलफल गर्नका लागि पत्र पठाइसकेका छन्।

यो पनि पढ्नुहोस्

रास्वपाको महामन्त्रीमा अझै मुकुल ढकाल !

प्रकाशित: ६ असार २०८२ २०:१४ शुक्रबार

#mukuldhakal #NagarikNews