राजनीति

पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली (तस्बिरहरु)

पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

बुधबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको थियो ।

प्रकाशित: ४ असार २०८२ ११:४४ बुधबार

#NagarikNews