राजनीति

रवीन्द्र मिश्रको थुनछेक बहसमा आजै आदेश आउने

तीनकुने घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ । 

न्यायाधीश तारादेवी महर्जनको इजलासमा उनीमाथिको थुनछेक बहस भएको हो । पछिल्लो समय प्रहरी र अदालतको सम्पर्कमा नरहेको भनिएका मिश्र आज आफैं अदालत गएका थिए । थुनछेक बहस सकिएसँगै अदालतले अब उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ ।  

सोही घटनाका अर्का आरोपी राप्रपाकै महामन्त्री धवल शम्शेर राणालाई जिल्ला अदालतले हिजो ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनी हिजै धरौटी बुझाएर छुटेका छन् ।

प्रकाशित: ३ असार २०८२ १७:४४ मंगलबार

#Rabindra Mishra #NagarikNews #Tinkune Ghatana #NepaliNews