संसद् बैठक स्थगित भएको छ। मङ्गलबार (आज) दिउँसो सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो।
बैठक सुरु हुनासाथ जर्याकजुरुक उठेका रास्वपा र राप्रपाका सांसदहरूलाई सभामुख देवराज घिमिरेले आसन ग्रहणका लागि आग्रह गरे तर, उनीहरूले आसन ग्रहण नगरेपछि बैठक आधा घण्टापछि बस्ने गरी स्थगित गरेका हुन्।
बैठकको सुरुमा रास्वपा सांसद डा. चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा छानबिनको माग गरिन्। यसपछि सत्तासीन दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे बोले। उनले रास्वपा र राप्रपा सांसदहरूलाई संयमित हुन आग्रह गर्दै बैठक कक्षबाट निष्कासन गर्न सकिनेसमेत व्यवस्था रहेको सम्झाए।
यसपछि रास्वपा सांसदहरू झन् आक्रोशित बने र नाराबाजीमा उत्रिए। यसपछि बैठक स्थगित भएको हो।
प्रकाशित: ३ असार २०८२ १४:२८ मंगलबार