राजनीति

सभामुखको आसनअघि जुत्ता खोलेर बसेको भन्दै एमाले सांसदले जनाए रास्वपाप्रति आपत्ति

संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गरेको विरोध प्रदर्शनको शैलीप्रति सत्तारुढ दल नेकपा एमालेका सांसद दामोदर बैरागीले नियमापत्ति जनाएका छन्।

उनले रास्वपाका सांसदहरूले सभामुखको आसनअगाडि जुत्ता-चप्पल खोलेर ध्यान गरेजस्तो गरी बसेर संसदीय मर्यादाको उल्लंघन गरेको बताए।

बैठकमा नियमापत्ति गर्दै उनले भने ‘सम्माननीय सभामुखको ड्यास तर्फ, सभामुखको आसन तर्फ चप्पल, जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर यो विरोध गर्ने... यो चाहिँ संसदीय मर्यादा भएन। यो संसदीय मर्यादा कायम गर्नका लागि म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

प्रकाशित: २ असार २०८२ १५:१८ सोमबार

#NepaliNews